वर्षाका कारण जारी नेपाल र स्कटल्याण्डबीचको खेल प्रभावित
खेलकुद
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्याण्डबीचको खेल वर्षाका कारण केही समय प्रभावित भएको छ।
वर्षाका कारण ओभर घटाइएपछि खेलको लक्ष्य पनि संशोधन गरिएको छ। यसअघि स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो।
ओभर घटाएर ३९ ओभरमा सीमित गरिएको खेलमा नेपाललाई नयाँ लक्ष्य २२१ रन दिइएको छ।
खेल पुनः सुरु भएपछि दुवै टोली प्रतिस्पर्धात्मक अवस्थामा मैदानमा उत्रिएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
