सभामुखले भने : ‘प्रधानमन्त्रीसँग संवाद गर्छु।’
प्रमुख खबर
काठमाडौं । प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यसूची अघि नबढाउन माग गरेको छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य भएको अडान दोहोर्याउँदै छलफल अगाडि बढाउन नहुने बताएका हुन् ।
उनले नीति तथा कार्यक्रममाथि बहस चलिरहँदा प्रधानमन्त्री बालेन शाह स्वयं उपस्थित हुनुपर्ने बताए । साथै उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि चासो व्यक्त गरेका थिए ।
तर सभामुखले आजको बैठकको कार्यसूची अगाडि बढाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्रीसँग छलफलपछि मात्रै भोलिको कार्यक्रम तय गर्ने संकेत दिएको जानकारी दिइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
