`

भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्रीको भनाइ

Nepal One HD ३१ वैशाख २०८३ ७:३७
विश्व

मस्को। भारतको ऊर्जा आपूर्तिमा ‘असर नपर्ने’ रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार बताउनुभएको छ ।

रूसबाट भारततर्फ हुने ऊर्जा आपूर्तिबारे भारतको चासोलाई सम्बोधन गर्दै रुसी विदेश मन्त्री सर्गेई लाभरोभले बुधबार उक्त आश्वासन दिनुभएको हो । “आपूर्ति ‘प्रभावित हुने छैन’,” भारतप्रति रूसको प्रतिबद्धतालाई दोहोर्याउँदै मस्कोले नयाँ दिल्लीको लागि स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्न आफ्नो प्रयासलाई जारी राख्ने उहाँले बताउनुभयो ।

ब्रिक्स विदेश मन्त्रीहरूको बैठकका लागि भारत जानुअघि ‘आरटी इन्डिया’सँगको अन्तर्वार्तामा लाभरोभले भूराजनीतिक तनावका बाबजुद रुसले साझेदार देशहरूसँगको सम्झौताको सम्मान जारी राखेको र अमेरिकाले विश्वव्यापी रूपमा ‘सबै ऊर्जा मार्गहरू कब्जा गर्न’ खोजेको आरोप लगाउनुभयो ।

रुसी विदेशमन्त्रीले भन्नुभयो, “अमेरिकाले विश्वव्यापी ऊर्जा कोरिडोरमा प्रभुत्व जमाउन प्रयास गरिरहेको छ र रूससँग ऊर्जा सम्बन्ध कायम गर्ने देशहरूलाई दबाब दिइरहेको छ।”

“उनीहरूको (अमेरिकी) लक्ष्य सबै कुरा कब्जा गर्नु हो, सबै महत्त्वपूर्ण ऊर्जा मार्गहरू कब्जा गर्नु हो। यो लक्ष्य स्पष्ट छ र मलाई विश्वास छ कि भारतले के भइरहेको छ भनेर बुझेको छ,” लाभरोभले भन्नुभयो ।

उहाँले भन्नुभयो, “म तपाईंलाई आश्वस्त पार्न सक्छु रुसको आपूर्तिमा भारतको हित प्रभावित हुने छैन र हामी यो सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ कि यो अनुचित खेल र प्रतिस्पर्धाले हाम्रो व्यवस्थालाई असर नपरोस् ।”

उहाँले विशेष गरी पश्चिमी देशहरू (युरोपेली राष्ट्र) ले रूसी ऊर्जा आपूर्तिमा निर्भरता कम गरेकोमा आलोचना गर्नुभयो र यो कदम बजारका कारकहरूबाट प्रेरित नभई राजनीतिक रूपमा प्रेरित भएको दाबी गर्नुभयो ।

लाभरोभले थप्नुभयो, “हामी कसैलाई दण्ड दिँदैनौं र हाम्रा साझेदारहरूसँगको सम्बन्धमा हामीले गरेका प्रतिबद्धताहरू असल नियतले गर्छौं। यदि हामी सहमतिमा पुग्यौँ भने हामी मित्रवत वा गैर–मित्र देशहरूको बारेमा कुरा गर्दैनौँ । यो व्यवस्थामा बाँच्नु रूसी परम्परामा हो।”

यो टिप्पणी विश्वव्यापी ऊर्जा बजारलाई लिएर जारी भूराजनीतिक तनाव र युक्रेन द्वन्द्वपछि रूसी निर्यातमा प्रतिबन्धको बीचमा आएको हो।

भारतले आफ्नो ऊर्जा खरीद निर्णयहरू राष्ट्रिय हित र ऊर्जा सुरक्षा आवश्यकताहरूद्वारा निर्देशित रहेको बताउँदै आएको छ, जबकि स्थिर र किफायती आपूर्ति सुनिश्चित गर्न रूस धेरै विश्वव्यापी साझेदारहरूसँग संवादमा संलग्न रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *