`

प्रहरी महानिरीक्षक कार्कीको अर्को गीत सार्वजनिक

Nepal One HD १ जेठ २०८३ १६:५७
मनोरञ्जन

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ ।

देशमा सामाजिक रूपान्तरण, अन्याय र अत्याचारको अन्त्य तथा आमनागरिकमा न्यायप्रतिको आशा र भरोसाको भावलाई गीतमार्फत प्रस्तुत गरिएको छ । साथै आपसी सहिष्णुता, भातृत्वभाव र राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माणको सन्देश गीतले बोकेको छ ।

गीतमा संगीतकार दीपक शर्माको संगीत तथा उदयराज पौडेलको एरेन्ज रहेको छ । गायक समिर खरेल, सदिच्छा कट्टेल, सबिन सुबेदी र बेनिसा पौडेलले स्वर दिएका छन् ।

गीतको भिडियोमा कलाकार आर्यन सिग्देल, सबिन कार्की, कविता नेपाली, चाहना राना मगर र किरण थापालगायतको अभिनय रहेको छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन किरण थापाले गरेका हुन् भने पवन सुस्लिङले छायांकन गरेका छन् । भिडियोको परिकल्पना सरोज ओलीले गरेका छन् ।

प्रहरी महानिरीक्षक कार्कीले यसअघि पनि ‘आमा म त खरानीबाट उठेर आए’, ‘फूलको बास्ना सरी’ लगायतका दशैं, तिहार, बाल तथा कमर्सियल गीतमा शब्द रचना गरिसकेका छन् । ती गीतहरू पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *