`

साफ च्याम्पियनसिपका लागि एञ्जिलाको कप्तानीमा नेपाली टोली घोषणा,को-को छन् ?

Nepal One HD २ जेठ २०८३ १२:३२
खेलकुद

काठमाडौं। साफ च्याम्पियनसिप २०२६ का लागि एञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा नेपाली महिला फुटबल टोली घोषणा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)माथिको निलम्बन फुकुवा गरेसँगै नेपालले साफ च्याम्पियनसिप खेल्ने निश्चित भएको हो ।

निलम्बन फुकुवापछि प्रमुख प्रशिक्षक नवीन न्यौपानेले २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ घुँडाको चोटका कारण पुनःस्थापनामा रहेकाले टोलीको कप्तानी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले सम्हाल्ने भएकी छन् ।

साफ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा श्रीलंका र भुटान रहेका छन् । समूह ‘बी’ मा भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् ।

नेपालको टोली :

गोलकिपर :
एञ्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, उषा नाथ

डिफेन्डर :
गिता राना मगर, पुना राना, विमला विक, हिरा कुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सबिना चौधरी

मिडफिल्डर :
रेनुका नगरकोटी, दिपा शाही, प्रिती राई, सरु लिम्बु, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी

फरवार्ड :
रश्मि घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मिना देउवा

प्रमुख प्रशिक्षक :
नवीन न्यौपाने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *