`

ध्रुबकृष्ण ताम्राकारको उपन्यास ‘दह’ लोकार्पण

Nepal One HD २ जेठ २०८३ १३:५०
मनोरञ्जन

काठमाडौं। साहित्यकार ध्रुबकृष्ण ताम्राकारको नवीनतम उपन्यास ‘दह’ एक समारोहबीच लोकार्पण गरिएको छ । कार्यक्रममा उपन्यासकार विष्णु एस राई प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा साहित्यकार सूर्यप्रसाद लाकोजू, समालोचक हरिप्रसाद सिलवाल तथा कथाकार एवं समालोचक ध्रुब मधिकर्मी लगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए ।

वक्ताहरूले उपन्यास ‘दह’ प्रेम, पीडा, मिलन–बिछोड र नेपाली समाजको यथार्थलाई समेटिएको कृति भएको बताएका छन् । लेखक ताम्राकारले उपन्यास नेपाली जीवनको यथार्थ चित्रणमा आधारित रहेको बताए ।

कथासंग्रह, कवितासंग्रह, मुक्तक तथा गीतसंग्रह प्रकाशित गरिसकेका ताम्राकारको ‘दह’ पहिलो उपन्यास हो । पुस्तकलाई अक्षरमार्गले प्रकाशन गरी बजारमा ल्याएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *