`

अमेरिकाविरुद्द कुशल भुर्तेलको शतक

Nepal One HD २ जेठ २०८३ १५:१०
खेलकुद

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले शानदार शतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले १०४ बलमा १०० रन पूरा गरेका हुन् । उनले आफ्नो शतकीय इनिङ्समा ३ छक्का र १२ चौका प्रहार गरे ।

अमेरिकाले दिएको १९५ रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा १६९ रन बनाएको छ । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *