एसियन गेम्स छनोट प्रतियोगिताका लागि नेपाली महिला क्रिकेट टोलीको बिदाइ
खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले एसियन गेम्स छनोट तथा एसीसी महिला प्रिमियर कप खेल्न जाने नेपाली महिला क्रिकेट टोलीलाई आइतबार बिदाइ गरेको छ।
मलेसियामा हुने दुवै प्रतियोगिताका लागि कप्तान इन्दु वर्माको नेतृत्वमा टोली घोषणा भइसकेको क्यानले जनाएको छ।
एसियन गेम्स छनोट प्रतियोगिता मे २३ देखि ३१ तारिखसम्म मलेसियामा हुनेछ भने एसीसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म आयोजना हुने तालिका छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
