`

जबजको राजमार्ग र जनयुद्धको सुरुङ टुंगो लगाएर मात्रै एकता : गोकुल बाँस्कोटा

Nepal One HD ४ जेठ २०८३ ९:३८
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीका पूर्वमहासचिव मदन भण्डारीप्रति पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाले स्मरणसम्म नगरेको बताएका छन् ।

भण्डारीको स्मृति दिवसको भोलिपल्ट सोमबार उनले भने, ‘नेकपाले नेपाली राजनीतिको सर्वाधिक लोकप्रिय र युगान्तकारी व्यक्तित्व मदन भण्डारीबारे दुई शब्द खर्च गरेन छ ।’

मदनलाई नेकपाले स्मरणसम्म नगरेको भन्दै असन्तुष्ट देखिएका बाँस्कोटाले एमाले र नेकपाबीच हुने भनिएको एकताबारे प्रश्न उठाएका छन् ।

उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) र जनयुद्धप्रतिको आत्मस्वीकार्यता बिना एकता असम्भव हुने संकेत गरेका छन् ।

उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जबजको राजमार्ग र जनयुद्धको सुरुङको टुंगो बिना वाम एकताको ‘ए’ नै कोल्याप्स हानेँ मैले ल ।’

३ जेठ २०७५ मा एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)बीच एकता भएको थियो । त्यसको अघिल्लो वर्ष वाम गठबन्धन गरेर चुनावमा गएका यी दुई दलले अभूतपूर्व जनमत प्राप्त गरेपछि पार्टी एकता नै गरेका थिए ।

त्यसबेला पार्टीको सैद्धान्तिक, वैचारिक र कार्यनीतिक पक्षमा घनिभूत बहस गरेर टुंगो नलगाई दुई पार्टी संगठनको अप्राकृतिक ढंगको एकता मात्रै थियो, जुन सर्वोच्च अदालतले नेकपाको नामसम्बन्धी विवादमा एक कदम अगाडि सरेर गरेको फैसलाले एकता भंग भयो ।

पूर्ववत् एमाले र माओवादी केन्द्रकै हैसियतमा दुवै दल पुगे । अब फेरि एकताको गाइँगुइँ चर्चा चुलिएको छ ।

यस्तो अवस्थामा एमालेका पूर्वमहासचिव भण्डारीप्रति श्रद्धा सुमनको २ शब्द नखर्चिने नेकपासँग एकता यही अवस्थामा नहुने धारणा एमाले नेता बाँस्कोटाले राखेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *