ओलीले दिए विद्या भण्डारीलाई एमालेको सदस्यता
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएका छन् । यससँगै भण्डारी अब एमाले राजनीतिमा सक्रिय हुनेछिन् ।
अध्यक्ष ओली विसञ्चो भएको र अर्कोतिर मुद्दाको पनि सामना गरिरहेकाले एमाले नेतृत्व विद्याले सम्हाल्ने चर्चा छ ।
उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेतृत्वबाट ओलीको विस्थापनको पक्षमा उभिएपछि ओलीले विद्यालाई पार्टी सदस्यता दिएर पार्टी नेतृत्वसम्म दिलाउने स्रोतको दाबी छ ।
भण्डारी एमाले पूर्वउपाध्यक्षसमेत हुन् । उनी दुई कार्यकाल राष्ट्रपति पनि भएकी थिइन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
