`

ठूला-ठूला तस्करहरूलाई समात्न सरकारको ध्यान जाओस् – कांग्रेस सांसद केरुङ

Nepal One HD ५ जेठ २०८३ १२:०९
अर्थ समाचार

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सीमा क्षेत्रमा लागू गरिएको भन्सार करसम्बन्धी विषयमा सर्वोच्च अदालतको आदेश अझै कार्यान्वयन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोगका सामग्री ल्याउँदा दुःख दिइएको बताए ।

‘सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकहरूको भान्सामा चाहिने अत्यावश्यक वस्तु, औषधिलगायतका विषय आयात गर्दा नागरिकलाई आतंकित गर्ने सरकारको निर्णयलाई अदालतले रोकेको छ,’ केरुङले भने, ‘तर अदालतको आदेश अहिलेसम्म कार्यान्वयन नहुँदा समस्या ज्यूँका त्यूँ छ ।’

उनले सर्वसाधारणमाथि कडाइ गर्नुभन्दा ठूला तस्करी समूहलाई नियन्त्रण गर्न सरकारलाई आग्रह गरे ।

‘सर्वसाधारण जनताको पेटमा लात्ती हान्नुभन्दा ठूला-ठूला तस्करहरूलाई समात्न सरकारको ध्यान जाओस्,’ उनले भने ।

पूर्व गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन समितिबारे पनि उनले प्रश्न उठाए ।

‘निवर्तमान गृहमन्त्रीको प्रकरणमा छानबिन समिति गठन भएको छ,’ केरुङले भने, ‘केही दिनमा म सफाइ पाउँछु भन्ने उहाँको अभिव्यक्तिले आयोगमाथि प्रश्न उठाएको छ । आयोग सत्ता र शक्तिको त्रासमा निष्पक्ष छानबिन गर्ने दायराबाट नउम्कोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *