`

देउवा कांग्रेसको कार्यालय अनामनगरमा

Nepal One HD ५ जेठ २०८३ १४:२८
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

पूर्वसभापति शेरबहादुर देउवाको लिगेसी बोक्ने नेताहरूको पहलमा अनामनगरमा उक्त कार्यालय खोलिएको हो।

नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा कार्यालय स्थापना गरिएको बताइएको छ।

सम्पर्क कार्यालयमा बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेरबहादुर देउवा र खुमबहादुर खड्कासहितका नेताहरूको तस्वीर राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *