`

२१ फागुनको निर्वाचन खर्च ४ अर्ब ९६ करोड

Nepal One HD ५ जेठ २०८३ १८:५४
अर्थ समाचार

काठमाडौं । काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचन खर्च सम्बन्धी विवरण सार्वजनिक गरेका हुन्।

आयोगका अनुसार उक्त निर्वाचनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो। तर निर्वाचन सञ्चालन गर्दा कुल ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ।

आयोगको विवरणअनुसार एक मतदातामा औसत २६३ रुपैयाँ खर्च भएको देखिएको छ। फागुन २१ गते सम्पन्न निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ८९ जना मतदाता रहेको आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *