`

बागमती प्रदेश प्रमुख देवकोटासमक्ष वार्षिक प्रतिवेदन पेस

Nepal One HD ६ जेठ २०८३ १८:५०
प्रमुख खबर

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष बागमती प्रदेशको महालेखा परीक्षणको आठौँ वार्षिक प्रतिवेदन २०८३ पेस गरिएको छ ।

महालेखा परीक्षण कार्यालयका नायब महालेखा परीक्षक घनश्याम काफ्लेले आज यहाँ सो प्रतिवेदन पेस गरेका हुन् ।

गत आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारको लेखा परीक्षण सम्पन्न गरेर तयार पारिएको आठौँ वार्षिक प्रतिवेदन २०८३ को प्रदेश प्रमुख सचिवालयमा पनि दर्ता गरिएको प्रदेश प्रमुख सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *