`

सदन प्रतिपक्षको हुन्छ तर के सभामुख डाेलप्रसाद अर्यालले त्यो मान्यता जोगाए ?

Nepal One HD ७ जेठ २०८३ १७:०६
बिशेष

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल प्रतिपक्षीहरूलाई पेलेरै अघि बढेका छन् । ‘सदन प्रतिपक्षीको हुन्छ’ भन्ने स्थापित संसदीय मूल्य मान्यतालाई सभामुख अर्यालले कुल्चिएका छन् ।

रास्वपाबाट सभामुख भएका उनले सदन सञ्चालन गर्दा निष्पक्षता र तटस्थतालाई भुलेको र आफ्नो पूर्ववर्ती दल रास्वपाको सरकारप्रति बफादारिता देखाएका छन् । उनको यस्तो पक्षधरतापूर्ण भूमिकालाई लिएर प्रतिपक्षी दलहरू झनै चिढिएका छन् ।

उनीहरूले सभामुखको यस्तो कदम र प्रधानमन्त्री बालेनको संसदप्रति अवमूल्यन गर्ने कार्यप्रति विरोध गर्दै संसद बैठकभित्रै प्रदर्शन गरिरहेका छन् । यद्यपि, पक्षधरता लिएको आरोप लागेका सभामुख अर्यालले सदन बैठक सञ्चालन गरिरहेका छन् ।

प्रधानमन्त्री बालेनको तर्फबाट कानुनमन्त्री सोविता गौतमले संसद बैठकमा पेस गरेका प्रतिनिधि सभा निर्वाचन (पहिलो संशोधन विधेयक) २०८३ सदनमा निर्णयार्थ प्रस्तुत गरे । जुन, बहुमतले पारित भएको छ ।

यसपछि मन्त्री गौतमले नै प्रस्तुत गरेको मतदाता नामावली (पहिलो संशोधन विधेयक) २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

यतिबेला संसद् बैठक तनावग्रस्त छ । विपक्षीहरूको नाराबाजी नसुनियोस् भनेर साउन्ड म्युट गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *