`

विपक्षीका नाराबाजीबीचबाट निर्वाचन र मतदाता नामावली संशोधन विधेयक बहुमतले स्वीकृत

Nepal One HD ७ जेठ २०८३ १७:१४
बिशेष

काठमाडौं । विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरिएको छ ।

विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभाको वेल घेरेर नाराबाजी गरिरहेका बेला सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् ।

विधेयकमाथिको छलफलमा कुनै पनि सांसद सहभागी भएनन् । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी थिइन् ।

तर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर विधेयक प्रस्तुत गर्नुपर्ने अडान राख्दै विरोध जारी राखेका थिए ।

यस्तै, बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ ।

उक्त प्रस्तावमाथि पनि छलफलका लागि कुनै सांसदले नाम टिपाएका थिएनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *