`

विश्वकप खेल्ने जर्मनीको राष्ट्रिय टोली घोषणा

Nepal One HD ७ जेठ २०८३ १८:५२
खेलकुद

काठमाडौं । जर्मनीले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको २३औँ संस्करणका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक जुलियन नागेल्समेनले बिहीबार २६ सदस्यीय टोली सार्वजनिक गरेका हुन् भने जर्मनी फुटबल संघले पनि खेलाडी सूची औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

जर्मनी फिफा विश्वकपको दोस्रो सर्वाधिक सफल टोली हो । उसले सन् १९५४, १९७४, १९९० र २०१४ मा उपाधि जितेको छ भने चार पटक उपविजेता पनि बनेको छ । विश्वकप इतिहासमै सबैभन्दा बढी फाइनल खेल्ने टोलीमध्ये जर्मनी एक हो ।

यस पटक जर्मनी समूह ‘ई’ मा परेको छ । टोलीले विश्वकपको सुरुआत कुराकाओसँग गर्नेछ । जर्मनीले जुन १४ मा कुराकाओ, जुन २१ मा आइभोरी कोस्ट र जुन २६ मा इक्वेडरसँग खेल्ने तालिका रहेको छ ।

इक्वेडरसँगको हेड-टु-हेडमा जर्मनी १-० ले अगाडि छ भने आइभोरी कोस्ट र कुराकाओसँग भने यो पहिलो अन्तर्राष्ट्रिय भेट हुनेछ ।

जर्मनीको २६ सदस्यीय टोलीमा ओलिभर बाउमेन, म्यानुअल नुएर, अलेक्जेन्डर नुबेल, पास्कल ग्रोस, जोशुआ किमिच, फेलिक्स मेचा, अलेक्जेन्डर पाभ्लोभिच, एञ्जेलो स्टिलर, नडिएम अमिरी, लिओन गोरेट्ज्का, वाल्डेमार एन्टोन, नथानियल ब्राउन, डेविड राउम, एन्टोनियो रुडिगर, निको श्लोटरबेक, जोनाथन ताह, मालिक थियाव, काइ हाभर्ट्ज, लेनार्ट कार्ल, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, म्याक्सिमिलियन बिएर, जेमी लावालिङ, लिरोय साने, डानिज उन्डाव र निक वोल्टेमाडे रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *