`

अमेरिकासँगको शान्ति वार्ताबारे इरान : सबै मोर्चामा युद्ध अन्त्य

Nepal One HD ७ जेठ २०८३ १९:१३
विश्व

काठमाडाैँ । इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ।

“अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने। “तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,” उनले थपे।

उनले भने, “तेहरानले सबै गम्भीरता र राम्रो विश्वासका साथ वार्ता गरिरहेको छ। तर अमेरिका पनि इमानदार हुनुपर्छ।”

उनले विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी छ, त्यसैले त्यहाँ गहिरो अविश्वास र वार्ताको वातावरण छ। उनले भने, “हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्ण रूपमा सतर्क छ ।” उहाँले इरानले सचेतताका साथ वार्ता जारी राख्ने पनि बताए।

यसैबिच इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिला मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन् । नाक्वी यसै साता दोस्रो पटक तेहरान पुगेका छन्। उनले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि वार्ता गरेका छन्।

आइएसएनएको रिपोर्ट अनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *