…जब १६० यात्रु बोकेको जहाजको ककपिटमा आगो देखियो…
बिशेष
काठमाडैं । एयर इन्डियको जहाजको इन्जिनमा आगो लागेपछि सुरक्षित ढंगले दिल्ली विमानस्थलमा अवतरण गरिएको छ ।
एयर इन्डियाको उडान एआई २८०२ नम्बरको उक्त जहाज बैंग्लोरदेखि दिल्ली जाँदै थियो । एयर इन्डियाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘विमानमा १६० जना यात्रु सवार थिए ।’
उक्त विमान दिल्लीमा अतवरणको क्रममा थियो, त्यहीबेला ककपिट चालक दललाई एउटा इन्जिनमा आगो लागेको संकेत प्राप्त भयो । पछि यो संकेत सही भएको पाइएको एयर इन्डियाले जनाएको छ ।
‘चालक दलले सबै मानक सञ्चालन प्रक्रियाको पालना गर्यो र विमानलाई सुरक्षित रूपमा दिल्ली विमानस्थलमा उतार्यो । सबै यात्रु र चालक दल सुरक्षित छन् र उनीहरू सामान्य रूपमै विमानबाट बाहिर निस्किएका छन्,’ विज्ञप्तिमा छ ।
एयर इन्डियाले यस घटनाको तत्काल अनुसन्धान सुरु गर्ने बताएको बीबीसी हिन्दीमा समाचार छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
