`

सुन-चाँदीको भाउ आज कति ?

Nepal One HD ८ जेठ २०८३ ११:१०
अर्थ समाचार

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्दै २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार शुक्रबार चाँदी प्रतितोला ६५ रुपैयाँले वृद्धि हुँदै ५ हजार १ सय १५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *