लिग-२ : नेपालले अमेरिकालाई १२२ रनले हरायो
खेलकुद
काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिका विरुद्ध शानदार जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो ।
यसअघि भएको खेलमा पनि नेपालले अमेरिकामाथि ९ विकेटको सहज जित निकालेको थियो ।
नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रनमै अलआउट भयो ।
अमेरिकाका लागि सञ्जय कृष्णमुर्तीले ५६ रन, शयान जहांगिरले २७ रन, शेहान जयसूर्याले २६ रन, नोस्थुस केन्जिगेले २४ रन, सैतेजा मुक्कमल्लाले २२ रन र मिलिन्द कुमारले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
