कार्यदलका राजावादी संयोजक शाहले मागे संविधान संशोधनमा राय
ठमाडौं । राजतन्त्रप्रति झुकाव राख्ने संविधान संशोधन बहसपत्र कार्यदलका संयोजक असीम शाहले संविधान संशोधनबारे सार्वजनिक रुपमा सुझाव मागेका छन् । सबै नागरिकको सहभागिता सुनिश्चित गर्न भन्दै उनले लिखित सुझाव माग गरेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार रहेका राजतन्त्रपक्षधर शाहले संविधानसंशोधन जिमेल डटकमा लिखित सुझाव मागेका हुन् । असीमले ४ वर्षअघि स्टाटस लेख्दै राजा ज्ञानेन्द्रलाई सुध्रिने मौका दिनुपर्ने भन्दै भनेका थिए, ‘राजा आउ देश बचाउ ।’
राजा समर्थित शाहलाई राजनीतिक सल्लाहकार मात्रै नभएर संविधान सशोधनको बहसपत्र तयार गर्ने कार्यदलको संयोजक बनाउनुले बालेन्द्र शाह देशलाई राजतन्त्रतिर फर्काउने शासक हुने विश्लेषण भइरहेको छ ।
उसो त प्रधानमन्त्री बालेन गणतान्त्रिक व्यवस्थाअनुसारको राष्ट्रप्रमुख राष्ट्रपतिको अपमान गर्न तल्लिन छन् । गत २८ वैशाखमा नीति तथा कार्यक्रम ल्याउँदा उनले राष्ट्रपति रामचनद्र पौडेल नीति कार्यक्रम सार्वजनिक गरिरहँदा संसदीय मर्यादालाई ख्याल नगरी उठेर हिँडेका थिए । सदनप्रति उनले लगातार बेवास्ता गरिरहेका छन् ।
यस्तोमा प्रधानमन्त्री बालेन आफ्ना राजासमर्थित राजनीतिक सल्लाहकार शाह नेतृत्वको कार्यदललको सिफारिसको आधारमा गणतन्त्र फालेर राजतन्त्र पुनःस्थापनाको दिशामा त छैनन् ? प्रश्न उठेको छ ।
