`

बालेनले ल्याएको अध्यादेश रोक्ने रणनीतिमा तीन विपक्षी दल

Nepal One HD ८ जेठ २०८३ १८:१५
नेकपा एमाले

काठमाडौं । बालेन सरकारलाई तीन विपक्षी दलले राष्ट्रियसभामा गम्भीर धक्का दिने तयारी गरेका छन् । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा रोकेर बालेन सरकारलाई धक्का दिने तयारी गरेका हुन् ।

यी तीन दलले बालेन सरकारले ल्याएको संवैधानिक परिषद सम्बन्धी अध्यादेशलाई संविधानको मर्म र भावनाविरीत भएको बताएका छन् ।

शुक्रबार कांग्रेस सभापति गगन थापाले भनेका छन्– संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रिय सभामा रोक्नुपर्छ । अन्य अध्यादेशलाई पनि नरोक्ने सभापति थापाले बताए ।

बालेन सरकारले ल्याएको ८ वटामध्ये सबैभन्दा महत्वपूर्ण अध्यादेश नै संवैधानिक परिषद् सम्बन्धी हो । राष्ट्रपति रामचन्द्र पौडेलले समेत यो अध्यादेशलाई एकपटक फिर्ता पठाएका थिए ।

भनिन्छ, उनले विपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाको दबाबमा अध्यादेश बालेन सरकारलाई नै फिर्ता पठाएका थिए । तर, जस्ताको जस्तै सोही अध्यादेश प्रधानमन्त्री बालेनले प्रमाणीकरण गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेललाई अप्ठेरोमा परेका थिए ।

अन्ततः उनले प्रमाणीकरण गरे र जारी गरे । यो अध्यादेशबारे प्रमुख विपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गत २९ वैशाखको संसद् बैठकमा सरकारको कडा आलोचना गरे ।

अन्य विपक्षी दलका सांसदहरूले पनि विरोध गरे । यस्तोमा अब राष्ट्रिय सभामा कांग्रेस, एमाले र नेकपा मिलेर बालेन सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशलाई रोक्ने भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *