`

लेन्सले जित्यो फ्रेन्चकपको उपाधी

Nepal One HD ९ जेठ २०८३ १५:३२
खेलकुद

काठमाडौं ।फ्रेन्च कपको उपाधि लेन्सले पहिलो पटक आफ्नो नाममा लेखाएको छ । शुक्रबार राति भएको फाइनलमा निसलाई ३–१ ले पराजित गर्दै लेन्सले क्लब इतिहासमै ऐतिहासिक सफलता हात पारेको हो ।

स्टेड डे फ्रान्समा सम्पन्न खेलमा लेन्सका लागि फ्लोरिन थउभिन चम्किए । उनले एक गोल गर्नुका साथै अर्को गोलको अवसर सिर्जना गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।

यस सिजन लेन्सले घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । फ्रान्सेली लिग वानमा पनि उसले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई कडा चुनौती दिएको थियो । लिग तालिकामा दोस्रो स्थान हासिल गरेको लेन्स अर्को सिजनको युरोपियन च्याम्पियन्स लिगका लागि समेत छनोट भइसकेको छ ।

यसअघि तीन पटक फ्रेन्च कपको फाइनल पुगे पनि उपाधिबाट वञ्चित हुँदै आएको लेन्सले अन्ततः लामो प्रतीक्षा समाप्त गरेको हो । सन् १९९८ मा लिग वान जितेपछि यो क्लबको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *