`

जमुनाहा नाकामा लागूऔषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन

Nepal One HD ९ जेठ २०८३ १८:२०
प्रमुख खबर

नेपाल-भारत जमुनाहा नाकामा लागूऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ।तालिम प्राप्त कुकुरहरूले हातहतियार, विस्फोटक पदार्थ र लागूऔषधको जाँचमा सहयोग गरिरहेका छन्।

सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले कुकुरहरू अब नियमित रूपमा सीमा नाकामा तैनाथ रहनेछन्।नेपालगञ्ज । नेपाल–भारत जमुनाहा नाकामा सशस्त्र प्रहरीले तालिम प्राप्त कुकुरहरू परिचालन गरेको छ । सो नाकाबाट पछिल्लो समयमा लागुऔषध ओसारपसार बढ्दै गएको भन्दै नियन्त्रणका लागि नियन्त्रणका लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको हो ।

तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा व्यवस्था कडा तुल्याइएको र कुकुरलाई भारतबाट आउने हरेकको सामान सुँघेर जाँच गराउन थालिएको सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीले जनाएको छ ।

जमुनाहामा परिचालित दुई वटा तालिम प्राप्त कुकुरले विशेषगरी हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषधसम्बन्धी जाँचमा सघाइरहेको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण हेडक्वाटर बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यअनुसार अब नियमित रूपमा यस्ता तालिम प्राप्त कुकुरहरू सीमा नाकामा तैनाथ रहने जानकारी दिए ।

सीमा नाकामा कुकुर परिचालन भएसँगै अवैध ओसारपसार, सीमा अपराध तथा शङ्कास्पद गतिविधि गर्नेहरूमा त्रास हुने र नियन्त्रणमा थप प्रभावकारिता आउने उनले विश्वास व्यक्त गरे ।

सय रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा भन्सार शुल्क अनिवार्य तिर्नुपर्ने नियममा कडाइ गरिएपछि नाकाको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *