`

ओलीले भने- म नेतृत्व छाड्दिनँ[भिडियाे]

Nepal One HD १० जेठ २०८३ १२:२६
नेकपा एमाले

काठमाडौं। नेकपा एमालेको जारी सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट कुनै पनि हालतमा नहट्ने स्पष्ट अडान लिएका छन् ।

कतिपय सचिवालय सदस्यले ओलीलाई सम्झाउँदै पार्टी संकटमा परेको र पुनर्गठनका लागि नेतृत्वबाट ससम्मान बिदा लिन सुझाएपछि ओलीले यस्तो बताएका हुन् ।

ओलीको भनाइ उदृत गर्दै एक नेताले भनेका छन्, ‘मलाई किन सम्झाउँदै हुनुहुन्छ, नसम्झाउनुहोस् । तपाईंहरूले सम्झाउनु पर्दैन । म नेतृत्व छाड्दिनँ ।’

ओली अहिले लागतार तेस्रोपटक अध्यक्षका रुपमा पार्टी नेतृत्व गरिरहेका छन् । उनी मनोनीत अध्यक्ष होइनन् । हरेकपटक निर्वाचित भएर अध्यक्ष भएका हुन् ।

त्यही भएर आफ्नो राजीनामा माग्ने केही सचिवालय सदस्यहरूलाई उनले भनेका छन्, ‘म बकाइदा निर्वाचित भएर अध्यक्ष भएको हुँ । तपाईंहरू राजीनामा दिनु भन्दैमा मैले दिन्नँ ।’

झापा विद्रोहको बेला विद्यार्थी मोर्चामा आबद्ध हुँदै कम्युनिस्ट राजनीतिमा आएका ओली एमालेको तीनपटक अध्यक्ष हुँदा चारपटक प्रधानमन्त्री भएका छन् । उनकै सरकारको पालामा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको चुच्चे नक्सा सार्वजनिक भएको थियो ।

संविधान जारी भएपछि उनकै सरकारले २०७२ पछि भारतले गरेको अघोषित नाकाबन्दीको कडा प्रतिवाद गरेको थियो । यसपछि ओलीको छवि राष्ट्रवादी नेताको बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *