घट्यो सुन-चाँदीको मूल्य
अर्थ समाचार
काठमाडौं। नेपाली बजारमा आइतबार सुन-चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुन प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेर दुई लाख ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला पाँच हजार एक सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक सय पाँच रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
