दुई वटा संसदीय समितिको बैठक बस्दै,यी बिषयमा छलफल हुने
राजनीति
काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।
आज कानुन, न्याय तथा मानव अधिकार समिति र सार्वजनिक लेखा समितिको बैठक बस्ने भएको हाे ।
आज १२ः३० बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
यसैगरी, होल्डिङ सेन्टरमा समितिद्वारा गरिएको स्थलगत अवलोकन प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरुसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
