`

४ खर्ब ४७ अर्ब लगानीको प्रस्तावमा ६५४ उद्योग दर्ता

Nepal One HD ११ जेठ २०८३ १४:५२
अर्थ समाचार

काठमाडौं । चालु आर्थिक वर्षमा ६५४ वटा उद्योग दर्ता भएका छन्। उधोग विभागका अनुसार यस वर्ष स्वदेशी उद्योग दर्ताको दरमा उल्लेखनीय सुधार देखिएको हो। गत आर्थिक वर्षभरिमा ७०० उद्योग दर्ता भएकोमा चालु वर्ष सकिन अझै तीन महिना बाँकी रहँदा नै ६५४ उद्योग दर्ता भइसकेका छन्।

विभागका अनुसार दर्ता भएका यी उद्योगहरूको प्रस्तावित लगानी ४ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। उद्योग सञ्चालनमा आएपछि ३३ हजार १६८ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको विभागले जनाएको छ।

हालसम्म विभागमा दर्ता भएका उद्योगको संख्या ११ हजार १० पुगेको छ। ती उद्योगहरूको कुल प्रस्तावित लगानी ३७ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ भने प्रस्तावित रोजगारी संख्या ७ लाख ८५ हजार पुगेको विभागको तथ्यांकमा उल्लेख छ।

यद्यपि, दर्ता भएका उद्योगमध्ये कति उद्योग सञ्चालनमा छन्, कति लगानी कार्यान्वयन भएको छ तथा कति रोजगारी सिर्जना भएको छ भन्ने तथ्यांक भने अद्यावधिक नभएको विभागका अधिकारीहरूले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *