फिर्के खोलामाथि बनेका संचरनामा महानगरको डोजर [तस्वीरहरू]
फोटोफिचर
काठमाडौं। फिर्के खोलामाथि अनधिकृत रूपमा निर्माण गरिएका संरचनामा काठमाडौं महानगरपालिकाले आज पनि डोजर चलाउने भएको छ।
महानगरले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो।
महानगरका अनुसार आजको कारबाहीमा व्यक्तिगत र संस्थागत दुवै प्रकारका संरचना हटाइनेछन्। जसअनुसार व्यक्तिगततर्फ ३५ वटा स्थायी संरचना र ९७ वटा अस्थायी संरचना भत्काइने छन्।
त्यसैगरी संस्थागततर्फ १८ वटा स्थायी संरचना र १० वटा अस्थायी संरचना हटाइने तयारी गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट












