`

सत्ता केन्द्रित बहसले मात्र संविधान संशोधन सफल नहुने सांसद केसीको टिप्पणी

Nepal One HD १२ जेठ २०८३ १२:५२
नेपाली कांग्रेस

काठमाडौं। प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनसम्बन्धी बहस सरकारी कार्यालयभित्र मात्रै सीमित रहन नहुने बताएका छन् ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले संविधान संशोधनजस्तो महत्वपूर्ण विषयलाई व्यापक राष्ट्रिय संवादमार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।

उनले भने,‘संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ। उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलनमा जानु आवश्यक छ।

सांसद केसीले पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ तथा नागरिक समाजका प्रतिनिधिहरू समावेश हुने गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नुपर्ने प्रस्ताव गरे । उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल हुँदैन। बृहत् राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ।’

केसीका अनुसार संविधान संशोधन प्रक्रिया दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास, राष्ट्रिय एकता तथा मेलमिलापको आधार निर्माणसँग जोडिनुपर्ने बताउँदै उनले सबै पक्षको सहकार्य आवश्यक रहेको स्पष्ट पारेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *