`

‘लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो?’ – एमाले

Nepal One HD १२ जेठ २०८३ १४:५५
बिशेष

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई छल्न खोजेको विपक्षी नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आरोप लगाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री शाह संसदलाई ‘रेस्पोन्स’ नगरी खोपीको देउता बन्न खोजेको बताए।

‘सत्तापक्ष र सरकारलाई सोध्न चाहन्छु,खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गर्दै हो? लोकतन्त्रको चिरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजेको हो?’ उनले भने।

प्रधानमन्त्री नआएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनको भनाइ थियो। उनले समाजका सामाजिक, आर्थिक नीति तथा सीमासम्बन्धी विषयमा पनि प्रश्न उठाए।

‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र यसको प्रमुख संसदसँग किन तर्सिरहेको छ? संसदसँग किन टाढा भइरहेको छ र यसलाई छल्न खोजिरहेको छ? आज आम नेपाली जनता र हामी माननीयहरूको साझा प्रश्न हो,’ महरले भने।

आफूलाई जन्म दिने संसदलाई नै अनादर गरिएको उनको आरोप थियो। महरले संविधानको धारा ७६ को उपधारा १० र धारा ८१ को उल्लंघन सरकारबाट भइरहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *