`

टस जितेर चीनविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

Nepal One HD १३ जेठ २०८३ ११:४३
खेलकुद

काठमाडौं ।  एसियाली खेलकुदअन्तर्गत बुधबार नेपाली महिला क्रिकेट टोलीले चीनसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा टस जितेर चीनविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

क्वालालम्पुरमा भइरहेको खेलमा नेपाली टोलीको कप्तानी इन्दु बर्माले गरिरहेकी छन्। नेपालले यसअघि चीनविरुद्ध खेलेका दुवै महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको इतिहास छ। सन् २०१९ को फेब्रुअरीपछि नेपाल र चीन पहिलो पटक आमनेसामने हुन लागेका हुन्।

मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन चीनले इन्डोनेसियालाई ७ विकेटले पराजित गरेको थियो। इन्डोनेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८२ रन बनाएको थियो। उक्त लक्ष्य चीनले १९.५ ओभरमा पूरा गरेको थियो। पहिलो खेलमा जित निकालेको चीन उच्च मनोबलका साथ मैदानमा उत्रिएको छ।

नेपाल रहेको समूह ‘बी’ मा चीन र इन्डोनेसिया छन्। नेपालले आफ्नो दोस्रो खेल बिहीबार इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *