घट्यो सुनको मूल्य
अर्थ समाचार
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार भने यही सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम सुनको मूल्य २ लाख ४९ हजार ५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।
यता, सुनको मूल्य घटे पनि चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ८० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ४ हजार ३५५ रुपैयाँ कायम गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
