`

संसद भवन फिल्म हलजस्तै भयो : ऐन महर

Nepal One HD १३ जेठ २०८३ ११:५४
नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सिंहदरबारस्थित नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसद भवनलाई गरिमामय बनाउनुपर्नेमा फिल्म हलजस्तो बनाइएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

सरकारले नयाँ संसद भवनबाट नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको उल्लेख गर्दै महरले भवन निर्माणमा ठूलो लगानी र मेहनत भएको बताए। उनले यस्तो महत्वपूर्ण संरचनाको दीर्घकालीन र व्यवस्थित प्रयोग हुनुपर्नेमा जोड दिए।

‘सभामुखबाट निरीक्षण हुँदा पनि विभिन्न कमजोरी औंल्याइएको थियो,’ महरले भने, ‘तर अहिले प्रतिनिधिसभा बैठक कक्ष फिल्म हलजस्तो देखिएको छ। कुर्सीहरू पनि सभाहलभन्दा फिल्म हलमा राखिने शैलीका छन् भने टेबलहरू कक्षाकोठाका जस्ता छन्।’

उनले प्रतिनिधिसभाको गरिमा र मर्यादा झल्किने गरी संसद भवनको व्यवस्थापन र संरचना सुधार गर्न आग्रह गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *