रास्वपाका दर्जन बढी सांसद कारबाहीको सिफारिसमा
बिशेष
काठमाडौं । भदौ २३ र २४ गते भएका घटनामा (रास्वपा) का दर्जन बढी सांसद कारबाहीमा परेका छन् ।
आयोगले आज सार्वजनिक गरेको प्रतिवेदनमा ती सांसदहरूको भूमिकामाथि छानबिन आवश्यक रहेको उल्लेख गर्दै कारबाहीको सिफारिस गरेको हो।
प्रतिवेदनमा उल्लेख गरिएका सांसदहरूमा पुरुषोत्तम यादव, गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, कृष्ण कार्की, डा. तोषिमा कार्की, राजीव खत्री, केपी खनाल, दीपक बोहरा, मनिष झा, ज्वाला संगौला, सुधन गुरुङ र आशिका तामाङ रहेका छन्।
आयोगले सार्वजनिक शान्ति, सुरक्षा तथा निषेधित क्षेत्रमा भएको गतिविधिसँग सम्बन्धित घटनामा उनीहरूको भूमिकाबारे थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
