`

स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत, आयोगमार्फत पदपूर्ति सुरु हुने

Nepal One HD १४ जेठ २०८३ १९:५८
प्रमुख खबर

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन कार्य सम्पन्न भई संघीय पुल अन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि उक्त दरबन्दी मन्त्रालयमा प्राप्त भएको हो ।स्वीकृत दरबन्दीअनुसार मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल १८०८ दरबन्दी कायम गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अब स्वीकृत दरबन्दीमा लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ ।विशेषज्ञ चिकित्सकहरूको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको मन्त्रालयले जनाएको छ ।

साथै यो सूची संघीय पुल दरबन्दी संरचनाअन्तर्गत मात्र भएको स्पष्ट पारिएको छ ।सिएमए, अहेब, अनमी लगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमा थप ठूलो संख्यामा दरबन्दी खुल्ने मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *