`

गीतकार शंकर पाण्डे ‘मुक्ति’को गीत ‘मेरो आफ्नै संसार’ मा प्रमोद खरेलको सुमधुर स्वर

Nepal One HD १४ जेठ २०८३ २१:०३
मनोरञ्जन

काठमाडौं – गीतकार शंकर पाण्डे मुक्तिको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक भएको छ।

नेपाली साङ्गीतिक क्षेत्रमा नयाँ भाव र सामाजिक सन्देश बोकेको गीत यस गीतमा गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ ।

उक्त गीत बिहीबार मानव सेवा आश्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यमा विशेष समारोहबीच सार्वजनिक गरिएको हो। ।गीतले जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भाव संवेदनशील ढंगले प्रस्तुत गरेको छ।

गीतमा सङगीतकार सन्तोष श्रेष्ठले सङ्गीत भरेका छन् भने गीतको भिडियो निर्देशक माधवराज खरेलले तयार गरेका हुन्। सार्वजनिक भिडियोले पारिवारिक सम्बन्ध, संघर्ष र जीवनका विभिन्न आयाम कलात्मक ढंगले प्रस्तुत गरेको छ।

भिडियोमा दीपेन्द्र सोनम, समिया कार्की, ज्योत्स्ना घिमिरे, रश्मि भट्ट, वसन्तराज रिजाल लगायतका कलाकारको अभिनय रहेको छ। यस्तै गीतको भिडियोमा बालकलाकार आयुश पाण्डे, मीरु पराजुली, समझ पाण्डे, अमानी पाण्डे र आर्जन पाण्डेको पनि अभिनय रहेको छ ।

भिडियोको छायांकन अजय रेग्मीले र सम्पादन विनोद बमले गरेका हुन्। गीत सार्वजनिककार्यक्रममा बोल्दै गीतकार ‘मुक्ति’ ले गीत मनोरञ्जनका लागि मात्र नभई समाजप्रतिको उत्तरदायित्वबोधका साथ तयार गरिएको बताए। उनले भिडियोबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा पनि गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *