`

द्रुतमार्गमा ४० पुल र ५.४ किलोमिटर सुरुङ निर्माण हुने

Nepal One HD १५ जेठ २०८३ १७:१३
प्रमुख खबर

काठमाडौं । काठमाडौं-तराई मधेश द्रुतमार्गमा ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण हुने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो जानकारी दिएका हुन् ।

उनका अनुसार यो आयोजनाका लागि सरकारले १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उक्त द्रुतमार्ग आयोजना नेपाली सेनाले निर्माण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *