`

वन तथा कृषि क्षेत्रका १२ अर्ब ३१ करोड बजेट विनियोजन

Nepal One HD १५ जेठ २०८३ १७:३४
समाचार
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वन तथा वातावरण क्षेत्रका लागि १२ अर्ब ३१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

आगामी बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले वन तथा वातावरण क्षेत्रको संरक्षण र दिगो उपयोगलाई प्राथमिकतामा राखिएको बताए ।

सरकारले जडीबुटी तथा गैरकाष्ठ वन पैदावारका लागि समर्थन मूल्य तोक्ने घोषणा गरेको छ । साथै कर्णाली प्रदेशमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना पनि बजेटमा समावेश गरिएको छ ।

यसैगरी कृषि तथा पशुपक्षी विकास क्षेत्रका लागि ४६ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले कृषि उत्पादन वृद्धि, आधुनिकीकरण र किसानको आय वृद्धि गर्ने लक्ष्य राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *