`

प्रचण्ड अस्पताल भर्ना

Nepal One HD १६ जेठ २०८३ १२:४८
जीवनशैली/स्वास्थ्य

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन्।

ललितपुरस्थित मेडिसिटी अस्पताल मा उपचारका लागि भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

आचार्यका अनुसार प्रचण्डलाई पछिल्ला तीन दिनदेखि सामान्य रुघाखोकी तथा ज्वरोको समस्या देखिएको थियो। थप स्वास्थ्य परीक्षण गर्दा निमोनियासँगै रगतमा संक्रमण देखिएपछि चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना गरिएको हो।

उनले निमोनियाको उपचार अस्पतालमै बसेर गर्दा प्रभावकारी हुने भएकाले भर्ना गरिएको बताए।

स्वकीय सचिव आचार्यका अनुसार हाल प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको छ र चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *