नेपाल आउँदै अमेरिकी उपविदेशमन्त्री सारा
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुग्दै छिन्।
नेपाल भ्रमणका क्रममा उनले विभिन्न सरकारी तथा कूटनीतिक भेटघाट गर्नुका साथै नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजना हुने ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ।
नेपाल भ्रमणमा आउने उनी हालसम्म नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी सार्वजनिक कूटनीति अधिकारीमध्ये एक मानिन्छिन्।
दूतावासका अनुसार समिटले नेपाल–अमेरिका सम्बन्ध, नेतृत्व विकास, युवा सहभागिता तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा केन्द्रित छलफललाई प्रोत्साहन गर्नेछ।
यसैबीच, नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए।
