`

प्रधानमन्त्री बालेन बोल्ने, प्रश्न सोध्ने समय सीमित भएपछि प्रतिपक्षीको आपत्ति

Nepal One HD १७ जेठ २०८३ १३:३८
राजनीति

काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) उपस्थित भएपछि सांसदहरूलाई प्रश्न सोध्ने अवसर दिइएको छ।

बैठकमा प्रधानमन्त्रीले रोष्ट्रमबाट सांसदहरूलाई आफूलाई प्रश्न सोध्न आग्रह गरेका हुन्।

त्यसपछि सभामुखले प्रत्येक संसदीय दललाई प्रश्न राख्न दुई मिनेटको समय दिएका थिए। तर, यो समय व्यवस्थापनप्रति प्रतिपक्षी सांसदहरूले आपत्ति जनाएका छन्।

नेकपाका सांसद युवराज दुलालले प्रतिनिधिसभा नियमावली २०७९ को दफा ५६ (१) उल्लंघन भएको भन्दै आपत्ति जनाएका छन्। उनका अनुसार प्रधानमन्त्रीलाई लिखित रूपमा प्रश्न सोध्ने परम्परा र प्रक्रिया रहँदै आएको छ।

त्यस्तै, एमालेका सचेतक ऐन महरले पनि समय निर्धारणप्रति नियमापत्ति जनाउँदै आपत्ति जनाएका छन्।

बैठकमा प्रक्रिया अनुसार नभएको भन्दै असन्तुष्टि देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *