कांग्रेसले भन्यो – ‘प्रधानमन्त्री नाटकीय ढंगमा उपस्थित हुनुभयो’
राजनीति
काठमाडौं। प्रधानमन्त्री बालेन शाहलाई संसदमा प्रश्न सोध्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार भएको छ ।
पार्टीका तर्फबाट नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीलाई प्रश्न सोधेका हुन्।
उनले भने, ‘विकसित देशहरुमा पनि यस्तो अभ्यास छ, म उहाँ संसदमा उपस्थित भएर प्रश्नको सामना गर्न तयार भएकोमा म स्वागत नै गर्छु।’
केसीले प्रधानमन्त्रीको संसद उपस्थितिलाई सकारात्मक रूपमा लिँदै नाटकीय ढंगमा भए पनि सहभागिता स्वागतयोग्य रहेको बताए ।
तर उनले संसदीय नियमावलीअनुसार प्रश्नोत्तर कार्यक्रम बेग्लै ढंगले हुनुपर्ने माग पनि राखे । उनले भने, ‘तर, संसदीय नियमावलीमा उल्लेख भएअनुसार प्रश्नोत्तर कार्यक्रम बेग्लै हुनुपर्ने मेरो माग हो ।’
यस विषयमा अन्य सांसदहरूले पनि संसदीय प्रक्रिया र नियमअनुसार काम हुनुपर्ने धारणा राखेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
