`

संसदमा आशिका आक्रोशित भएपछी…

Nepal One HD १७ जेठ २०८३ १५:३५
राजनीति

काठमाडौं। आइतबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ आक्रोशित रूपमा प्रस्तुत भएकी छन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सांसदहरूको प्रश्नको जवाफ दिएर बैठक कक्षबाट बाहिरिएपछि विपक्षी दलहरू एमाले, श्रम संस्कृति पार्टीलगायतका सांसदहरूले नियमापत्ति जनाइरहेका बेला तामाङ आक्रामक शैलीमा आक्रोश व्यक्त गरेकी हुन्।

बैठकका क्रममा उनी आफ्नो सिटबाट उठेर अगाडि बढ्न खोजेपछि रास्वपाकै सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए।

तर, उनको आक्रोश नियन्त्रणमा नआएपछि पार्टीका अन्य सांसदहरूले उनलाई बैठक कक्ष बाहिर लगेका थिए।

रास्वपाका सांसदहरू ज्वाला संग्रौला, रञ्जु दर्शना र रिमा विश्वकर्मा लगायतले तामाङलाई बैठक कक्ष बाहिर लगेर करिब आधा घण्टा सम्झाइबुझाइ गरेपछि पुनः बैठकमा सहभागी गराइएको हो।

बैठकमा प्रधानमन्त्रीको उपस्थितिपछि उत्पन्न राजनीतिक बहस र नियमावलीसम्बन्धी विवादका कारण केही समय असहज अवस्था सिर्जना भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *