असहायका लागि खाना, नाना र छानाको व्यवस्था गर्छौः मुख्यमन्त्री बानियाँ
चितवन। बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले असहाय र बेवारिसेका लागि आश्रय प्रदेश सरकार दिने बताउनुभएको छ ।
आज यहाँ आयोजित चितवन जिल्ला सहयोगापेक्षी, बेसाहारा, अभिभावकविहीन सडक आश्रित मानव मुक्त घोषणा कार्यक्रममा उहाँले यस्ता व्यक्तिहरुका लागि खाना, नाना र छानाको व्यवस्था प्रदेश सरकारले गर्ने र यसको व्यवस्थापन सामाजिक संस्थाहरुले गर्नुपर्ने बताउनुभएको हो ।
उहाँले असहाय तथा मानव सेवामा समर्पित संस्थाहरूलाई सहयोग गर्न प्रत्येक पालिकामार्फत कम्तीमा रु पाँच लाख उपलब्ध गराउन सुरु गरिएको उहाँले बताउनुभयो ।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कञ्चनचन्द्र वादे, संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ, भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले सहयोगापेक्षी, बेसाहारा, अभिभावकविहीन सडक आश्रित मानवमुक्त घोषणासँगै जिल्लावासीको सक्रियता आवश्यकता रहने बताउनुभयो ।
