रविसँग को-को जाँदै छन् भारत भ्रमण ?
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले आइतवार नेपालले पनि भारतको भूमी मिचेको छ भन्ने अभिव्यक्ति दिएसँगै सोमवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने भारत भ्रमण जाँदैछन्।
प्रधानमन्त्री शाह र रास्वपाको चर्को आलोचना चुलिएको बेला सभापति लामिछाने भारत जान लागेका हुन्।
प्रधानमन्त्री बालेनको अभिव्यक्ति सँगै रविको भ्रमणलाई समेत शंकास्पद दृष्टिले हेर्न लागिएको छ।
यसैबीच रास्वपाले भ्रमणको औपचारिक जानकारी सार्वजनिक गरेको छ।
पार्टीका प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै लामिछानेको नेतृत्वमा प्रतिनिधिमण्डल भोलिदेखि भारत भ्रमणमा जान लागेको जानकारी दिएका हुन्।
जारी विज्ञप्तिअनुसार भ्रमण टोलीमा रास्वपाका सांसद विपिन आचार्य र दीपक बोहरा पनि सहभागी रहनेछन्। त्यस्तै, रवि लामिछानेकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा समावेश छन्।
रास्वपाका अनुसार लामिछाने सोमबार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमण भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा हुन लागेको बताइएको छ।
उक्त भ्रमणबारे भारतीय जनता पार्टीले पनि छुट्टै विज्ञप्ति जारी गर्दै निमन्त्रणाको पुष्टि गरेको जनाएको छ।

भ्रमणका क्रममा हुने भेटघाट तथा कार्यक्रमहरूको विस्तृत कार्यसूची भने सार्वजनिक गरिएको छैन।
रास्वपाले भ्रमणलाई दुई राजनीतिक दलबीचको सम्बन्ध र आपसी संवाद विस्तार गर्ने अवसरका रूपमा लिएको बताएको छ।
