`

बालेनको अभिव्यक्तिमा साझा धारणा बनाउदै विपक्षी

Nepal One HD १८ जेठ २०८३ १२:५०
राजनीति

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा विवादसम्बन्धी अभिव्यक्तिबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सुरु भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसबारे संसदमा अपनाइने रणनीतिमाथि छलफल भइरहेको छ।

आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवाद कूटनीतिक संवाद र आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए। त्यसक्रममा उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ- भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ 

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले त्यसलाई संसदीय अभिलेखबाट हटाउन माग गरेका छन्। विपक्षीहरूको आरोप छ कि प्रधानमन्त्रीको भनाइले नेपालको सीमा सम्बन्धी स्थापित अडानलाई कमजोर बनाएको छ।

यसै विषयमा साझा रणनीति तय गर्न विपक्षी दलका शीर्ष नेताहरू बैठकमा जुटेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *