`

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित चार जनालाई लियो नियन्त्रणमा

Nepal One HD १८ जेठ २०८३ २०:०१
समाचार

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलाली, टीकापुर नगरपालिका–९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।

यसैगरी, मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ ।

अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए । मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *