नेपाल एसियन गेम्सका लागि छनोट
खेलकुद
काठमाडौं । नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनोट भएको छ।
आज भएको समूह चरणको खेलमा मलेसियाले चीनलाई पराजित गरेसँगै नेपाल र मलेसिया दुवै टोलीले प्रतियोगितामा स्थान सुरक्षित गरेका हुन्।
दुई समूहमा विभाजन गरिएको क्वालिफायरको समूह ‘ए’ मा नेपाल, मलेसिया, चीन र कतार रहेका थिए। तर कतार प्रतियोगितामा सहभागी नभएकाले नेपाल र मलेसिया एक खेल अगावै एसियन गेम्सका लागि छनोट भएका हुन्।
अब नेपाल र मलेसियाबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।
२०औँ संस्करणको एसियन गेम्स सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानमा आयोजना हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
